aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नापी कार्यालय सिरहाका अमिन घुससहित नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
नापी कार्यालय सिरहाका अमिन घुससहित नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सिरहाको नापी कार्यालय लहानमा कार्यरत अमिन दिपरन्जन यादवलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।  

यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई दश हजार रकम सहित नियन्त्रणमा लिएको हो । 

उक्त रकम उनले सेवाग्राहीबाट लिएका थिए । उनलाई उक्त रकमसहित नापी कार्यालय लहानबाट नै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस