कठमाडौं । बतास एमएडब्लु कमर्सियल भेहिकल बिक्रेताको शोरुम मेला सम्पन्न भएको छ । बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालि आइसर गाडीको नेपालको लागि आधिकारिक बिक्रेता समूहले आफ्नो इटहरी ब्रान्चमा यही भाद्र १,२ र ३ गते शोरूम मेला भएको हो ।
बतास समूह र एमएडब्लू बिचको मर्जर भई बनेको समूह बतास एमएडब्लु कमर्सियल भेहिकल प्रालि गत वैशाख १ गतेबाट जोइन्ट अपरेसनमा आएको हो । उक्त शोरूम मेलामा ग्राहकहरूको उल्लेखनीय र उत्साहजनक उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा आइचरका ट्रक टिपर तथा बस डिस्प्लेमा राखिएको थियो साथै उपस्थित ग्राहकहरूलाई विशेष छुट तथा स्किम अफर रहेको थियो । पूर्वाञ्चल क्षेत्रका कम्पनीका रिजनल म्यानेजर युवराज गौतमका अनुसार उक्त कार्यक्रमबाट १० युनिट गाडीको बुकिङ लिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस