aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् । 

उक्त विवादको सुनुवाइ भोलिका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख छ । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग रिट निवेदनमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस