aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कतारले भारतको रिलायन्स रिटेलमा १ अर्ब डलर लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ भदौ २०८०
कतारले भारतको रिलायन्स रिटेलमा १ अर्ब डलर लगानी गर्ने

एजेन्सी। कतार लगानी प्राधिकरणले भारतको रिलायन्स रिटेल भेन्चर्समा १ अर्ब डलर लगानी गर्ने भएको छ । यो लगानीपछि कतार लगानी प्राधिकरणको रिलायन्स रिटेल भेन्चर्समा ०.९९ प्रतिशत सेयर हुनेछ।

कतार लगानी प्राधिकरणको पूर्ण स्वामित्वको सहायक कम्पनी मार्फत भारतको द्रुत वृद्धि भइरहेको अर्थतन्त्रलाई सहयोग गर्ने उद्देश्यले रिलायन्स रिटेल भेन्चर्स लिमिटेड लगानी गर्न लागिएको जनाएको छ।

एक विज्ञप्तिमा रिलायन्स रिटेलले जनाए अनुसार यो लगानी प्रि-मनी इक्विटीका रुपमा आउँछ । "हामी कतार लगानी प्राधिकरणको विश्वव्यापी अनुभव र मूल्य सृजनाको बलियो ट्र्याक रेकर्डबाट लाभ उठाउन तत्पर छौँ किनभने हामीले रिलायन्स रिटेल भेन्चर्स लिमिटेडलाई विश्व स्तरको संस्थाको रूपमा विकास गर्दै भारतीय खुद्रा व्यापार क्षेत्रको रूपान्तरणलाई अघि बढाउँदै छौँ" रिलायन्स रिटेलका निर्देशक ईशा मुकेशले भनेकी छन्।

"कतार द्वारा गरिएको लगानी भारतीय अर्थतन्त्र र रिलायन्सको खुद्रा व्यापार मोडेल, रणनीति र कार्यान्वयन क्षमताहरूप्रति सकारात्मक दृष्टिकोणको बलियो समर्थन हो," उनले थपिन्।

रिलायन्ससँग यसको सहायक र सहयोगीहरू मार्फत जम्मा १८ हजार ५०० भन्दा बढी स्टोरहरू छन्। यसमा किराना, उपभोक्ता इलेकट्रोनिक्स, फेसन र फार्मा उपभोगमा डिजिटल प्लेटफर्महरूको एकीकृत ओम्नी-च्यानल नेटवर्क छ, जसले लगभग २६७ मिलियन ग्राहकहरूलाई सेवा प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस