aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

फेरि एक वर्षको वाचा, आउला त मेलम्चीको पानी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
फेरि एक वर्षको वाचा, आउला त मेलम्चीको पानी ?

काठमाडौं । डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ ।

निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन यसअघि नै तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयेजना कार्यालयले एक वर्षभित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो । 

आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलार्य प्रोत्साहन पुरस्कारको व्यवस्था गरको बताए । समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसार जरिवाना तिर्नुपर्नेछ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।  यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस