aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२० मिनेट जेलमा बसी २ लाख डलर तिरेर छुटे ट्रम्प, ‘मगशट’ तस्बिरले मच्चायो तहल्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ भदौ २०८०
२० मिनेट जेलमा बसी २ लाख डलर तिरेर छुटे ट्रम्प, ‘मगशट’ तस्बिरले मच्चायो तहल्का

एजेन्सी । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा तस्बिर अहिले संसारभरका सञ्चारमाध्यममा छाएको छ । यो तस्बिर उनले भर्खरै एक्स मा परिवर्तन भएको सामाजिक सञ्जाल ट्विटर मार्फत सार्वजनिक गरेका हुन् ।

उनी बिहीबार अमेरिका कै जर्जिया राज्यमा पक्राउ परेपछि कैदीको रेकर्ड राख्ने क्रममा सो तस्बिर खिचिएको थियो । उनले  बिहीबार  फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। प्रहरीको रेकर्डमा राख्न ट्रम्पको ‘मगशट’ (तस्बिर) समेत खिचिएको थियो। जुन तस्बिर अङ्कित ती सर्ट, टोपी, कप लगायतका बस्तुहरूको अहिले नै अनलाइन सपिङ एपहरूमा ठूलो संख्यामा आएको त्यहाँका समाचार माध्यमहरूले जनाएका छन् ।

सन् २०२० मा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ। ट्रम्पमाथि अघिल्लो निर्वाचनमा धाँधली गरेको, चुनावी परिणाम उल्टाउन खोजेको सहित १३ अभियोग लगाइएका छन्।  ट्रम्पले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताइरहेका छन्। सन् २०२४ मा ट्रम्पले फेरि राष्ट्रपतिको लागि उम्मेदवार बन्ने घोषणा गरि अभियान चलाइसकेका छन्।

उनी २ लाख डलर रकम जमानतका रुपमा राखेर रिहा भइसकेका छन् । सीएनएनका अनुसार ट्रम्पले जेलमा २० मिनेट भन्दा केही बढी समय बिताएका थिए। प्रक्रिया पूरा गरेपछि उनलाई जमानतमा रिहा गरिएको थियो।

जेलमा ट्रम्पको औँठाछापसहित उनको शरीरको उचाइ र तौल नापिएको थियो। जेलको रेकर्ड अनुसार ट्रम्पको उचाइ ६ फुट ३ इन्च र तौल २१५ पाउन्ड रहेको छ। ट्रम्पको बुकिङ नम्बर पी०११३५८०९ हो।

यसअघि पनि ट्रम्पले तीन पटक अदालतमा आत्मसमर्पण गरेका थिए। तर उनी जेलमा गएका थिएनन् र अन्य कैदी सरह उनको ‘मगशट’ लिइएको थिएन। अमेरिकी इतिहासमा नै कुनै पुर्व राष्ट्रपतिको ‘मगशट’ लिइएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस