aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

चार लाख नगदसहित जुवातास खेलिरहेका सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ भदौ २०८०
चार लाख नगदसहित जुवातास खेलिरहेका सात जना पक्राउ

कास्की । चार लाख नगदसहित जुवातास खेलिरहेका सात जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने मुस्ताङ घर भएका ५७ वर्षीय ईन्द्र बहादुर हिराचनको लक्ष्मी होटलमा जुवातास खेलिरहेको अवस्थामा हिराचन सहित ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ४ लाख ४७ हजार ८० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस