
एजेन्सी । दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच अलग्गै वार्ता हुन्छ वा हुँदैन ? यो प्रश्न धेरैको मनमा थियो। तर, चासो राख्नेलाई खुसी थप्ने गरी विश्वका दुई सर्वाधिक तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र भएका मुलुकका प्रमुखहरूको जोहानेसवर्गमा भेटवार्ता भएको छ।
सम्मेलनको ‘साइडलाइन’ वार्ताका क्रममा आपसी तनाव घटाउने अन्त्य गर्ने सहमति भएको जनाइएको छ। भारत र चीनबिचको चिसो सम्बन्धले गर्दा कतै ब्रिक्स नै राम्ररी अघि बढ्न नसक्ने पो हो कि भन्ने झिनो आशंकालाइ समेत यो वार्ताले अन्त्य गरेको समाचारहरूमा उल्लेख गरिएको छ ।
अझ यो वार्ताको लागि भारतले नै अग्रसरता देखाएको थियो भन्ने चिनियाँ पक्षले खुलासा गरेपछि मोदीको कूटनीतिक क्षमता र उनको भारतलाई विश्व शक्ति बनाउने दृढताबारे पनि चर्चा सुरु भएको छ । चीनले मोदी र सीबीचको वार्तामा विभिन्न विषयमा गहिरो छलफल भएको जनाएको छ। सीका प्रतिनिधिले यस विषयमा जानकारी दिँदै भारत र चीनको सम्बन्ध सुधार हुनु विश्वको लागि अनुकूल हुने बताएका थिए।
प्रतिक्रिया दिनुहोस