aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो । 

कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुङ्गाना, महासचिवमा सूर्य प्रसाद दाहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्षमा बिमलेश यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा प्रदिप अधिकारी, सल्यान केसी,  निशा खतिवडा, रविन बिक, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् । 

उक्त अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्रि पाण्डेले सम्बोधन गरेका थिए । त्यसैगरी, विशेष अतिथिको रूपमा नेपाल ट्रेड युनियन काँग्रेस अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियनको भूमिकाबारे धारणा राखेका थिए । 

 

प्रतिक्रिया दिनुहोस