aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एक हजार २२३ केजी पटाकासहित तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० भदौ २०८०
एक हजार २२३ केजी पटाकासहित तीन जना पक्राउ

काठमाडौं । एक हजार दुई सय २३ केजी पटाकासहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट राजदेवी नगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दिपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका ५ घर भई गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका छन् ।

काठमाडौं जिल्लामा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाण्डौ ताहाचल, मान्टारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस