काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको उद्योग वाणिज्य तथा उपभोक्ता समिति सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् गणेश पराजुलीले पनि समिति सभापतिमा उम्मेदवारी दिएका थिए । तर, पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान निर्विरोध निर्वाचित भएका संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस