
एजेन्सी। स्थानीय प्रहरीले केही दिन पहिले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको 'मगसट' (कैदीका रुपमा तस्बिर खिच्ने काम) लियो । धेरैले त्यसलाई उनको बेइज्जतीको रुपमा हेरे । तर, ट्रम्प समर्थकहरूले तुरुन्तै यसलाई सम्मानको एक तक्माको रूपमा मान्यता दिए।
यो कसरी भयो भने उनले त्यो तस्बिर सार्वजनिक गरेको एक घण्टाभित्रै ट्रम्प आफ्नो वेबसाइटमा त्यो 'बेइज्जतीपुर्वक' खिचिएको तस्बिर अंकित टी-सर्ट बेचिरहेका थिए। फलतः उनले यसबाट नै ७१ लाख अमेरिकी डलर अर्थात् झन्डै नेपाली एक अर्ब रुपैयाँ जम्मा गरिसकेका छन् ।
समाचार पोर्टल पोलिटिकोले रिपोर्ट गरे अनुसार ट्रम्पले मगसट पछि गएको शनिवारसम्म ७.१ मिलियन डलर मिलियन सङ्कलन गरेका छन् । यो रकम शुक्रबार सम्मा ४.१८ मिलियन अमेरिकी डलर मात्र थियो । ट्रम्पको कोष सङ्कलन अभियानका एक व्यक्तिलाई उद्धृत गर्दै सो समाचार पोर्टलले लेखेको छ कि त्यो रकम अहिले सम्म २४ घण्टा भित्र उठेको सर्वाधिक कुल उच्च रकम हो ।
उनको चुनावी अभियानको कोष सङ्कलन उनको अनलाइन स्टोर मार्फत बेचेको व्यापारिक सामानहरूद्वारा संचालन गरिएको छ। ट्रम्पलाई हिरासतमा लिएपछि अभियानले ट्रम्पको स्काउलिंग मगसट बोकेका सर्ट, पोस्टर, बम्पर स्टिकर र पेयहरू बेच्न थाले। त्यस्ता वस्तुहरूमा "कहिल्यै आत्मसमर्पण नगर्नुहोस्!" भन्ने ट्यागलाइन हालिएको छ। भने मूल्य १२ डलरबाट ३४ डलरसम्म पुर्याइएको छ ।
उनको 'फण्ड रेजिंग' अभियानले अनलाइन दाताहरूलाई इमेल र टेक्स्ट म्यासेजहरू पनि पठाउँदै आएको छ । ट्रम्पको अभियानले विगत तीन हप्तामा झन्डै २० मिलियन डलर उठाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस