aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एक वर्ष कैद बस्ने डरले तीन वर्ष भागे रंजित, परे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ भदौ २०८०
एक वर्ष कैद बस्ने डरले तीन वर्ष भागे रंजित, परे पक्राउ

काठमाडौं । एक वर्ष कैद बस्ने डरले एक पुरुष तीन वर्ष भागेको पाइएको छ । ठगी मुद्दाका फरार प्रतिवादी रंगेली नगरपालिका ६ बस्ने ३९ वर्षीय रंजित कुमार मण्डललाई सोमबार पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७७ पुष १३ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष ३ महिना कैद र ४० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले आफ्नै गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय हाटखोला मोरङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस