aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बैंकिङ कसुर मुद्दामा सन्तोष घले पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
बैंकिङ कसुर मुद्दामा सन्तोष घले पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा एक जना पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौंको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका हुन् । 

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरी टोलीले आज उनलाई पक्राउ गरेको हो । 

काठमाडौंको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस