aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

दशैंकाे मुखैमा भारतले किन लगायो निर्यातमा एकाएक रोक ? प्याजको मूल्य दोब्बर वृृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
दशैंकाे मुखैमा भारतले किन लगायो निर्यातमा एकाएक रोक ? प्याजको मूल्य दोब्बर वृृद्धि

काठमाडौं । दशै नजिकिदै गर्दा प्याजको मूल्य दोब्बरले बढेको छ । एक महिनाअघि भदौ १३ गते प्रतिकेजी ६८ रुपैयाँ प्रतिकेजी रहेको प्याजको भाउ सोमबार असोज १३ गते किलोको १३५ रुपैयाँ पुगेको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले जानकारी दिएको छ । पछिल्लो समय आम नेपालीको भान्सा महँगो भएको छ । चाडपर्वका बेला आम उपभोक्ताहरु मारमा परेका छन् ।

चाडपर्वको समयमा बिचौलियाहरुले विभिन्न बहाना बनाएर तरकारीको मूल्य ह्वात्तै बढाउँदा उपभोक्ता मारमा परेका छन् । अघिल्लो वर्षहरुमा पनि चाडपर्वकै बेला विभिन्न निुहँमा तरकारीको मूल्य ह्वात्तै बढाउने गरिएको थियो । 

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध 

यता, नेपाली बजारमा मूल्य बढिरहेको बेला भारत सरकारले एकाएक प्याज निर्यातमा प्रतिबन्ध छ । भारत सरकारले सबै प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ अझै बढ्न सक्ने आशंका हुन थालेको छ । किने भने भारतबाट नेपालमा भारीमात्रमा प्याज भित्रिने गरेको थियो । भारत सरकारले आन्तरिक बजारमा प्याजको खपत निकै बढेको तर त्यस अनुपातमा उत्पादन वृद्धि नभएको भन्दै आफ्ना जनतालाई राहत दिन निर्यातमा रोक लगाएको हो ।

निर्यात प्रतिबन्धपछि भारतमा मूल्य वृद्धि नहुने सरकारको ठम्याईं छ । भारतमा प्याजको मूल्य वृद्धि हुँदा सरकार नै अप्ठेरोमा पर्ने गरेको विगतका उदाहरण छन् । भारतमा प्याज प्रतिक्विन्टल १६ सय रुपैयासम्म वृद्धि भएपछि सरकारले भाउ नियन्त्रण गर्न निर्यात प्रतिबन्धको अस्त्र प्रयोग गरेको हो । यो मूल्य ४ वर्ष यताकै उच्च रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

भारतले आन्तरिक माग धान्नका लागि इजिप्ट र अफगानिस्तानबाट समेत प्याज आयात गर्ने निर्णय गरेको छ । भारतमा अहिले प्याज प्रतिकेजी ८० रुपैयाँ (भारु) मा किनबेच भइरहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस