काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रज्वल बस्नेतको संयोजकत्वमा एप्क्यान घोषणा गरिएको हो ।
यो संघ शैक्षिक परामर्शदाताहरूको संस्था स्वतन्त्र शैक्षिक परामर्शदाता संघबाट फुटेर खुलेको हो । संघमा रहेका पदाधिकारीहरूका विभिन्न गतिविधि चित्त नबुझेका कारण नयाँ संघ खोल्नु परेको बस्नेतको भनाई छ ।
नयाँ संस्था दर्ताबारे जानकारी गराउँदै संयोजक बस्नेतले भने, ‘आजभन्दा अगाडी हामी कुनै संस्थामा आबद्ध थियौँ । त्यस संस्थामा रहँदा हाम्रो माग विधि र प्रक्रिया र अनुशासन मान्नु पर्छ भन्ने थियो । तर हामीलाई नैतिकवान् बन्ने छुट छैन भनेर भनियो । जसले गर्दा हामीले यो संस्था घोषणा गर्न बाध्य भयौँ ।’
साथै उनले पदाधिकारीहरूले कागजपत्र दुरुपयोग गरेको समेत आरोप लगाए । संस्था कसरी चलिरहेको छ भन्नेबारे समेत सदस्यहरूलाई जानकारी नहुने उनको भनाइ छ । बारम्बार अनुशासनको कदर गरौँ भन्दा कसैले पनि नमानेको उनको आरोप रहेको छ ।
प्रतिक्रिया दिनुहोस