aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जापानमा एक्कासि बन्द भए टोयोटाका १४ वटै उत्पादन प्लान्टहरू !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ भदौ २०८०
जापानमा एक्कासि बन्द भए टोयोटाका १४ वटै उत्पादन प्लान्टहरू !

एजेन्सी । गाडी उत्पादक कम्पनी टोयोटाले पार्टपुर्जा अर्डर गर्ने प्रणालीमा आएको समस्याका कारण जापानमा रहेका आफ्ना सबै १४ वटै एसेम्बली प्लान्टहरूमा उत्पादन रोकेको छ । यो ठूलो समस्या हो किनभने यसले टोयोटाको आपूर्ति प्रणालीमा नै समस्या उत्पन्न गर्छ।

 यस्तो खराबीको कारण अझै अज्ञात छ । सो कम्पनीमा साइबर हमला भएको अनुमान गरिएको छ । तर एक प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ "सम्भवतः साइबर आक्रमणको कारणले यस्तो भएको होइन।"

 टोयोटाले स्थानीय समय अनुसार मङ्गलवार बिहान १२ वटा एसेम्बली प्लान्ट बन्द गर्‍यो र दिउँसो अन्तिम दुई वटा पनि बन्द गर्ने निर्णय गर्‍यो।

 यो अझैपनि स्पष्ट छैन कि यसले कारको उत्पादनमा कति प्रभाव पार्छ, तर रोयटर्सले जनाए अनुसार यी १४ वटा प्लान्टहरूले टोयोटाको विश्वव्यापी उत्पादनको लगभग एक तिहाइ हिस्सा ओगटेका छन् । जापानी प्लान्टहरूले टोयोटा समूहको दाइहात्सु र हिनोद्वारा उत्पादित कारहरू बाहेक २०२३ को पहिलो अर्धवार्षिकमा प्रतिदिन १३,५०० सवारी साधनहरू औसतमा उत्पादन गर्दै आएका थिए।

टोयोटाले यो खराबी साइबर हमलाको कारणले भएको हो भन्ने सम्भावना कम रहेको बताएको छ । यो कुनै नयाँ कुरा होइन गत वर्ष पनि एक संदिग्ध साइबर आक्रमणले टोयोटालाई सबै १४ कारखानाहरूमा सबै 28 एसेम्बली लाइनहरू बन्द गर्न बाध्य पारेको थियो।

यो समस्या जापानले हालै फुकुसिमा पावर प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी पम्प गर्ने कार्यसँग सम्बन्धित हुन सक्ने सम्भावना पनि कम छ। हालैका दिनहरूमा जापानका विभिन्न कर्पोरेट संस्थाहरूले यस्ता धम्की र चेतावनीपूर्ण फोन कलहरू आएको रिपोर्ट गरेका छन् । जुन कलहरू त्यहाँको सरकारले चीनबाट आएको हो भन्ने विश्वास गर्दछ।

 समस्याको कारण जे भए पनि टोयोटा परम्परागत रूपमा यस प्रकारका समस्याहरूलाई प्रतिक्रिया दिन र समाधान गर्न धेरै छिटो छ। गत वर्षको साइबर आक्रमणले २४ घण्टा मात्र सञ्चालन प्रभावित गरेको थियो। 

प्रतिक्रिया दिनुहोस