काठमाडौँ । सुन तस्करीको चर्चित विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका पुर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । महरालाई बुधवार दिउँसो नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले पुष्टि गरेका छन् ।
त्रिभुवन विमानस्थलबाट भेप मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले उनलाई सोधपुछका लागि बोलाएर यहीं नियन्त्रणमा लिएको बताइन्छ। तर, प्रवक्ताले भने उनलाई पक्राउ गरेको स्थानबारे जानकारी दिएनन् ।
उता राहुलले भने आफू निर्दोष नै रहेको जिकिर गर्दै सामाजिक सञ्जालमा आफुलाई कथित ठूलो भनिएको मिडियाले गोयवल्स शैलीमा मिडिया ट्रायल गरी हिलो छ्याप्ने कोसिस गरेको उल्लेख गरेका छन् । उनले आफू स्वयं सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्ने बताएका थिए।
उनको करिब ६० किलो सुन काण्डमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग समेत सम्पर्क सम्बन्ध रहेको चर्चा छ। उनलाई सो प्रकरणमा जोडेर पक्राउ गरिएको हुनसक्ने सम्भावना तर्फ पनि प्रहरीका केही अधिकारीहरूले सङ्केत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस