aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

शुक्रबार काठमाडौं महानगरमा सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ भदौ २०८०
शुक्रबार काठमाडौं महानगरमा सार्वजनिक बिदा

काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिबा भित्र सार्वजनिक बिदा हुने भएको छ । काठमाडौं महानगरका प्रमुख प्रसाशकीय अधिकृत बसन्त अधिकारीले यहि भाद्र १५ गते शुक्रबार महानगरभित्र सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । 

महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ, ‘भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको छ ।’ 
 

प्रतिक्रिया दिनुहोस