aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतले भुटान, मरिसस र सिंगापुरमा चामल निर्यात गर्न अनुमति दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ भदौ २०८०
भारतले भुटान, मरिसस र सिंगापुरमा चामल निर्यात गर्न अनुमति दियो

एजेन्सी । भारत सरकारले १ लाख ४३ हजार टन गैर–बासमती चामल भुटान, मरिसस र सिंगापुरमा निर्यात गर्न अनुमति दिएको छ । वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेड मार्फत यो निकासी अनुमति दिएको जानकारी दिएको छ ।

 भुटानमा ७९ हजार टन, मरिससमा १४ हजार टन र सिंगापुरमा ५० हजार टन गैर–बासमती सेतो चामल निकासी गरेको जानकारी दिएको छ । स्वदेशी आपूर्ति बढाउन साउन २० गते गैर(बासमती सेतो चामलको निकासीमा प्रतिबन्ध यथावत रहे पनि खाद्य सुरक्षाको आवश्यकता पूरा गर्न र सरकारको अनुरोधमा अन्य मुलुकमा निर्यात गर्न दिइएको छ । 

प्रतिक्रिया दिनुहोस