aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अन्त्येष्टिको केही दिन पछि वाग्नर नेताको भिडियो सार्वजनिक, भन्छन् 'मलाई ठिक छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ भदौ २०८०
अन्त्येष्टिको केही दिन पछि वाग्नर नेताको भिडियो सार्वजनिक, भन्छन् 'मलाई ठिक छ'

एजेन्सी। वाग्नर समूहका नेता येभजेनी प्रिगोजिनको मृत्यु र अन्त्येष्टिको केही दिन पछि यसअघी नदेखिएको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले गाडीमा सवार भइरहेका बेला क्यामेराको अघि आफ्नै मृत्युको बारेमा भएका चर्चाका बारेमा बोलेको देखिएको छ।

यो भिडियो युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले पोस्ट गरेका थिए। "मेरो अन्त्येष्टि, निजी जीवन र कमाई वा अरू जे कुराको बारेमा कुरा गर्नेहरूलाई कडाइका साथ भन्नुपर्दा सबै ठिक छ," भिडियोमा येभगेनी प्रिगोजिनले अगाडी भनेका छन्, "म जीवित छु वा छैन र म कसरी छु भनेर छलफल गर्ने जो कोहीको लागि। म यो भिडियो गर्दै छु [...] यो अगस्त २०२३ को दोस्रो आधाको सप्ताहान्त हो। म अफ्रिकामा छु।"

यद्यपि रुसी सञ्चार मध्यमहरूले भनेका छन् कि भिडियोमा येभजेनी प्रिगोजिनले लगाएको युनिफर्म अगस्ट २१ मा प्रकाशित भिडियोमा लगाइएको पोसाकसँग मिल्दोजुल्दो छ । जुन उनले अफ्रिकामा वाग्नर समूहको अभियानको क्रममा लगाएका थिए।

२३ अगस्टमा प्रिगोजिनको विमान उनी र वाग्नर समूहका धेरै शीर्ष सदस्यहरूसँगै ध्वस्त भएदेखि नै उनको मृत्यु भएको भनिँदै आएको थियो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले अन्तर्राष्ट्रिय समुदायले दुष्घटनास्थलबाट प्रमाणहरू जाँच्न नसक्ने स्पष्ट पारेको छ ।

यसबाहेक, रुसी प्रशासनले दुष्घटनास्थलबाट डिएनए परीक्षणले विमानमा प्रिगोजिनको मृत्यु भएको पुष्टि गरिसकेको छ। उनले भ्लादिमिर पुटिनको शासन विरुद्ध विद्रोहको नेतृत्व गरेको  केवल दुई महिनापछि प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको भनिँदै आएको छ ।

जे होस्, पछिल्लो भिडियोले भने उनको मृत्युबारे फेरी संशय पैदा गरेको छ । कन्स्पिरेसी थ्यौरी (षडयन्त्र सिद्धान्त) मा विश्वास गर्नेहरूले भने रुसमा भएको वाग्नरको बिजनेस जेट विमान दुर्घटनामा प्रिगोजिनले आफ्नो डुप्लिकेटलाई चढाएको हुनाले उनी जीवितै रहेको भन्ने समाचार सही भएको दाबी गर्दै आएका छन् ।  

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस