aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जुवातास खेलिरहेका छ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ भदौ २०८०
जुवातास खेलिरहेका छ जना पक्राउ

दाङ । जुवातास खेलिरहेका छ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १४ स्थित जगत चौधरीको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिबेक चौधरी लगायत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालयय घोराहीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४७ हजार ३ सय र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस