aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतको अन्तरिक्ष कार्यक्रम : सूर्य अध्ययन गर्न ६ अर्ब खर्चेर यान पठाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ भदौ २०८०
भारतको अन्तरिक्ष कार्यक्रम : सूर्य अध्ययन गर्न ६ अर्ब खर्चेर यान पठाइँदै

एजेन्सी । अन्तरिक्ष कार्यक्रममा उल्लेख्य उपलब्धि हासिल गरिरहेको भारतले चन्द्रमामाा चन्द्रयान–३ अवतरण गरेको एक महिना नपुग्दै नयाँ अन्तरिक्ष यात्रा थाल्न लागेको छ ।

त्यहाँको अन्तरिक्ष एजेन्सी इसरोले ३ अर्ब ८० करोड भारु (करिब ६ अर्ब ८ करोड) खर्चेर सूर्यको अध्ययन गर्न नयाँ यान प्रक्षेपण गर्न लागेको हो ।

‘आदित्य–एल१’ यान भारतले श्रीहरिकोटास्थित आफ्नो अन्तरिक्ष प्रक्षेपण प्याडबाट सूर्यतर्फ भोलि (शनिबार) प्रक्षेपण गर्ने भएको हो । यो यानबाट पठाइने स्याटेलाइटले सूर्यमा चल्ने सौर्य आँधी लगायत महत्वपूर्ण गतिविधिको तथ्यांक पृथ्वीमा पठाउनेछ ।

यसअघि यूरोपेली युनियन र अमेरिकाले सूर्यबारे अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गरिसकेका छन् । यस्तोमा, सूर्यबारे अध्ययन गर्न अत्यधुनिक यान प्रक्षेपण गर्ने भारत तेस्रो मुलुक हुने त्यहाँका मिडियाहरूले दाबी गरेका छन् । यद्यपि, चीन र रूसलगायत मुलुकले पनि सूर्यबारे अध्ययन गर्न यसअघि निकै खर्च गरिसकेका छन् । 

सूर्य अध्ययनसम्बन्धी यो अन्तरिक्ष परियोजनालाई भारतले सन् २०१९ मै स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस