aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थापाथलीमा पाइन्छ खसी प्रतिकिलो ५ सय ५०

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असोज २०७६
थापाथलीमा पाइन्छ खसी प्रतिकिलो ५ सय ५०

काठमाडौं । सरकारले निजी व्यापारीभन्दा सस्तोमा खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ । दसैंमा उपभोक्तालाई सहुलियत दरमा बिक्री गर्न खसी प्रतिकिलो ५ सय ५० र च्याङ्ग्रा ७ सय ३० रुपैयाँमा बिक्री गरेको हो। ‘मूल उद्देश्य सहुलियत दरमै उपलब्ध गराउनु हो । बजार हस्तक्षेप गर्नु हो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले भने, ‘सोमबारदेखि गुणस्तर खसीबोका र च्याङ्ग्रा सस्तोमा बिक्री सुरु गरेका छौं।’

सरकारले खसीबोका र च्याङ्ग्रा थापाथली गोदामबाट बिक्री गरिरहेको छ । गौचनका अनुसार सोमबार आपूर्तिमन्त्री मात्रिका यादव, सचिवसहितको बैठकले खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेको थियो।

उक्त मूल्यमा थप १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा बिक्री गरिएको हो। बैठकले च्याङ्ग्राको मूल्य ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। उक्त मूल्यमा थप १० रुपैयाँ छुट दिएर प्रतिकिलो ७ सय ३० रुपैयाँमा बिक्रीमा राखेको महाप्रबन्धक गौचनले बताए ।

‘खसीबोकाको बजारमूल्य निरन्तर विश्लेषण गरिरहेका छौ। सबै अध्ययन र विश्लेषणसहितका छट दिएर बिक्री गरेका छौं,’ उनले भने, ‘कम्पनीले बेच्ने मूल्य धेरै सस्तो हो।’ यो समाचार अजाको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस