aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

वंशजको आधारमा नागरिकता लिनेको सङ्ख्या तिव्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ भदौ २०८०
वंशजको आधारमा नागरिकता लिनेको सङ्ख्या तिव्र

रुपन्देही । रुपन्देही जिल्लामा वंशजको आधारमा नागरिकता लिनेको सङ्ख्या तिव्र छ । गृहमन्त्रालयले गत असार १७ गते जन्मको आधारमा नागरिकता लिएका नागरिकका छोरा छोरीलाई वंशजको नागरिकता दिने पत्र पठाए पछि रुपन्देहीमा चालु आर्थिक वर्षको भदौ १४ गते सम्ममा ४ हजार ६ सय ३२ जनालाई नागरिकता दिएको छ । चालु आर्थिक वर्षमा ७ हजार ८ सय ४४ जनालाई नागरिकता दिएको मध्ये ३ हजार ५६ जना वंशज, ११ जना अंगिकृत, १४५ जना वैवाहिक अंगिकृत,  र ४ हजार ६ सय ३२ जना बुबाआमाले जन्मका आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट आर्थिक वर्ष २०७९।०८० मा १५ हजार २ सय ५ जनाले नागरिकता लिएका थिए । जसमध्ये वंशजको १४ हजार १ सय ६४ जना, अंगिकृत १० जना, वैवाहिक अंगिकृत १ हजार ३१ जना थिए । त्यस्तै आर्थिक वर्ष २०७८।०७९ मा २० हजार ६ सय ३६ जनाले नागरिकता लिएका थिए । जसमध्ये वंशजको नागरिकता लिन १८ हजार ३ सय १० जना, अंगिकृत ४४ जना, वैवाहिक अंगिकृत २ हजार २ सय ७९ जना र जन्मसिद्ध ३ जनाले नागरिकता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस