aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एसियन बडिबिल्डिङको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ भदौ २०८०
एसियन बडिबिल्डिङको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन

काठमाडौं । मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन् । काठमाडौंमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको हो । 

इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो । 

राजेशबाबु श्रेष्ठको उपाध्यक्षमा सबै निर्वाचित सदस्यहरूको कार्यविधि ४ वर्षको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस