पर्वत। विद्युत् खपत बढ्ने चाडपर्वका बेला जिल्लामा सञ्चालित आयोजनाबाट २० मेगावाट विद्युत् थपिने भएको छ। मोदी र कामा नगरपालिकामा निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत् आयोजनाले दसैलाई लक्षित गरेर परीक्षण उत्पादनको तयारी गरेको छ। लक्षित समयभन्दा अढाई वर्षपछि आयोजनाले उत्पादन दिने भएको हो।
आयोजनाले भित्री र बाहिरी सम्पूर्ण पूर्वाधारको काम सकेर प्रसारण लाइन अनुमति कुरिरहेको छ । विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाउन अनुमति दिनेबित्तिकै परीक्षण उत्पादन थालिनेछ । आयोजनाले करिब ४ किलोमिटर प्रसारण लाइन निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीसँग सम्झौता गर्नुपर्नेछ । युनाइटेड मोदीसँगको सम्झौताका लागि अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ।
निजी क्षेत्रभन्दा प्राधिकरणसंग अनुमति लिन ढिलाइ हुँदा आयोजनाको परीक्षण उत्पादन समय लम्बिएको छ। आयोजना प्रमुख पवनकुमार यादवले दसैभित्र परीक्षण उत्पादन सुरु गरिने दाबी गरे । 'अब काम सकिएको छ । पानी परेन भने दसैंसम्ममा परीक्षण प्रसारण गर्ने हो,' उनले भने, 'हामीले टेक्निकल काम सबै सकाएर राष्ट्रिय प्रसारण लाइनमा जोड़ने अनुमति कुरेका छौं। यो समाचार अजाको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस