aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

विभिन्न स्थानबाट ३५ लाख बराबरको धनमाल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ भदौ २०८०
विभिन्न स्थानबाट ३५ लाख बराबरको धनमाल चोरी

काठमाडौं । विभिन्न स्थानबाट ३५ लाख बराबरको धनमाल चोरी भएको छ । सुनसरी, काठमाडौंका विभिन्न स्थानबाट चोरी भएको हो । 

सुनसरीको धरान उपमहानगरपालिका ५ कुलुङ मार्ग बस्ने सुनिल विकको सोही महानगरपालिका ३ स्थित सुन पसलबाट सटर काटेर करिब २५ लाख ६९ हजार १ सय ८२ रूपैयाँ बराबरको सुन तथा चाँदीका गहना आइतबार चोरी भएको छ ।

त्यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटार हिलेटोल बस्ने ५० वर्षीय अमृतमान महर्जनको घरबाट कोही नभएको अवस्थामा करिब ५ लाख ११ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका २६ रानीबारी डेरा गरी बस्ने २२ वर्षीया एलिना घलेको कोठाबाट दराज फोडेर करिब ४ लाख ६२ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस