काठमाडौं । सरकारले दसैंपछि वैदेशिक रोजगारीमा जाने युवाको भर्ना र छनोट प्रक्रियालाई नियन्त्रण व्यवस्थित गर्न ‘सेलेक्सन मोड्युल’ प्रणाली सुरु गर्ने भएको छ ।
म्यानपावरले गर्ने युवा भर्ना प्रक्रिया, पासपोर्ट लिएको मिति, मागपत्र अनुसारको आवेदन र छनोट प्रक्रियालाई अनलाइनमार्फत अनुगमन गर्न ‘सेलेक्सन मोड्युल’ सुरु गर्न लागिएको हो ।
म्यानपावर कम्पनीले युवाको पासपोर्ट लामो समयसम्म राख्ने, समयमा भर्ना प्रक्रिया नगर्ने र मागपत्र अनुसार भर्ना नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न अनलाईन पासपोर्ट ट्रयाकिङ प्रणाली सुरु गरिने भएको हो ।
अब म्यानपावरले विदेश जाने युवाको पासपोर्ट बुझेको विवरण 'सेलेक्सन मोड्युल' प्रणाालीमा राखेपछिमात्रै श्रम स्वीकृति पाउनेछन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस