aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विश्वका यी अर्बपतिको सम्पत्तिमा गिरावट आउँदा भारतीय अर्बपतिलाई फाइदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ भदौ २०८०
विश्वका यी अर्बपतिको सम्पत्तिमा गिरावट आउँदा भारतीय अर्बपतिलाई फाइदा

एजेन्सी । विश्वका शीर्ष अर्बपतिहरूको सूचीमा पहिलो स्थानमा रहेका टेस्ला, स्पेसएक्स र ट्विटर जस्ता कम्पनीका मालिक एलोन मस्कको सम्पत्तिमा ठूलो गिरावट आएको छ । पछिल्लो २४ घण्टामा उनको कुल सम्पत्ति ९ अर्ब डलरभन्दा बढीले घटेको छ भने विश्वको दोस्रो धनी फ्रान्सको पनि ३ अर्ब डलरको नोक्सानी भएको छ । यी अर्बपतिको सम्पत्तिमा भारी गिरावट आउँदा भारतीय अर्बपतिहरूको सम्पत्तिमा उछाल आएको छ । भारतीय अर्बपतिहरु रिलायन्सका अध्यक्ष मुकेश अम्बानी र अदानी समूहका प्रमुख गौतम अडानीको नेटवर्थमा उछाल आएको हो ।

सबैभन्दा पहिले संसारकै धनी व्यक्ति एलोन मस्कको  सम्पत्तिका बारेमा ब्लुमबर्गले सार्वजनिक गरेको बिलियनेयर इन्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा एलोन मस्कको नेटवर्थ ९.३५ ले गिरावट आएको छ।  यो झट्कासँगै मस्कको सम्पत्ति २२६ अर्ब डलरमा झरेको छ भने यद्यपि यो संख्यासँगै उनी विश्वकै धनी व्यक्ति छन् ।

विश्वका टप १० अर्बपतिको शीर्ष स्थानमा रहेका एलोन मस्कको सम्पत्तिमा गिरावट आएको छ भने अर्कोतर्फ सूचीको दोस्रो स्थानमा रहेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको सम्पत्ति पनि ३.०४ प्रतिशतले घटेको छ । अर्ब डलरभन्दा बढीको नोक्सान भएको छ ।यस गिरावटपछि बर्नार्ड अर्नाल्टको नेट वर्थ १८३ अर्ब डलरमा झरेको छ ।

यसैबीच, एसियाको सबैभन्दा धनी र देशको सबैभन्दा मूल्यवान कम्पनीका मालिक मुकेश अम्बानीको नेटवर्थमा वृद्धि भएको छ।पछिल्लो २४ घण्टामा अम्बानीको सम्पत्ति ६७० मिलियन डलरले बढेको छ। यो वृद्धिपछि रिलायन्सका अध्यक्षको नेटवर्थ ९१.२ अर्ब डलर पुगेको छ । यति धेरै सम्पत्तिसँगै उनी विश्वका धनीहरुको सूचीमा १२ औं स्थानमा छन् । गत एक हप्तामा रिलायन्स इन्डस्ट्रिजको बजार पुँजीकरण ३८,४९५।७९ करोडले घटेर १६,३२,५७७।९९ करोड रुपैयाँ भारुमा रह्यो । 

भारतीय उद्योगपति गौतम अडानीका लागि सन् २०२३ सबैभन्दा खराब सावित भएको छ । पहिलो वर्षको सुरुमा सन् २०२३ जनवरी २४ मा अमेरिकी सर्ट सेलर फर्म हिन्देनबर्गको अनुसन्धान प्रतिवेदनले उनीहरूलाई ठूलो नोक्सानी पु¥याएको थियो ।  ८ महिनापछि अचानक विगतमा देखिएको संगठित अपराध तथा भ्रष्टाचार प्रतिवेदनमा आएपछि गिरावट देखिएको कम्पनीको पछिल्लो २४ घण्टामा गौतम अडानीको कुल सम्पत्ति ९६९ मिलियन डलरले बढेको छ र उनी ६२.८ अर्ब डलरको कुल सम्पत्तिका साथ धनीहरूको सूचीमा २१औँ स्थानमा आएका छन् ।

विश्वका धनीहरूको सूचीमा शीर्ष १० धनी व्यक्तिहरुमा अमेजनका जेफ बेजोस १६२ अर्ब डलरको सम्पत्तिसहित विश्वका तेस्रो धनी व्यक्ति हुन् भने ल्यारी एलिसन १३४ अर्ब डलरको सम्पत्तिसहित तेस्रो स्थानमा छन्। माइक्रोसफ्टका बिल गेट्स १२९ अर्ब डलरको कुल सम्पत्तिका साथ पाँचौं नम्बरमा छन् भने १२२ अर्ब डलरको नेटवर्थका साथ छैटौंमा ल्यारी पेज छन् । 

शीर्ष १० मा परेका अन्य अर्बपतिहरूको सूचीमा पुँजीबजारका लगानीकर्ता वारेन बफेट १२१ अर्ब डलरसहित सातौं, सर्गे ब्रिन ११६ अर्ब डलरसहित आठौं, ११४ अर्ब डलरसहित नवौं स्टिभ बाल्मर र १०८ अर्ब डलरको कुल सम्पत्तिका साथ १०औँ नम्बरमा फेसबुकका मार्क जुकरबर्ग रहेका छन् । 

प्रतिक्रिया दिनुहोस