काठमाडौं । दसैंको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्य बढाएका छन् । बजारमा व्यापारीले मनलाग्दी मूल्य लिन थालेपछि दसैंका लागि लत्ता–कपडालगायत दैनिक उपभोग्य वस्तु किन्न जाने हजारौं सर्वसाधारण पीडित बन्ने गरेका छन् ।
व्यापारीले लत्ता–कपडा, जुत्ता–चप्पललगायतमा दुई–तीन सय प्रतिशतसम्मले मूल्य बढाएर बिक्री गरिरहेको पाइएको छ ।
सडकपेटीदेखि ठूला महलका व्यापारीले उपभोक्तालाई ठगिरहेका छन् । १ हजार पर्ने जुत्ता र सर्टको २५ सय रुपैयाँसम्म लिने गरेका छन् । सरकारले प्रभावकारी अनुगमन नगर्दा व्यापारीले मनलाग्दी मूल्य लिएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस