aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आईएसएमटी एक्स्पो–२०२३’ सम्पन्न, विद्यार्थीहरूको उल्लेख्य सहभागिता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ भदौ २०८०

काठमाडौं । आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो–२०२३’ सम्पन्न भएको छ । शनिबारदेखि सञ्चालन भएको उक्त एक्स्पो सोमबार सम्पन्न भएको हो । 

यो एक्सपोको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सूचना प्रविधिबारे ज्ञान दिने रहेको छ । काठमाडौंको तीनकुनेमा रहेको यो कलेज परिसरमा भएको सो एक्सपोले एआई लगायत सफ्टवेयरका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको छ । 

आईएसएमटी ग्रुप अफ कलेजका प्रिन्सिपल ध्रुवबाबु जोशी शिक्षा क्षेत्रमा नयाँ ट्रेन्ड आइरहेको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय शिक्षा क्षेत्रमा नयाँ ट्रेन्ड आइरहेको छ । शिक्षाले तपाइलाई सोच्ने बनाउँछ की सम्झने बनाउँछ ? जहाँ सोच्नु पर्छ त्यो चाँहि शिक्षा हो भने सम्झने काम कम्प्युटरले गर्छ । सम्झिएर मात्रै हुँदैन बुझेर कार्यान्वयन गर्न सक्नु पर्छ ।’    

यो पनिः आईएसएमटी कलेजको जब फेयर कार्यक्रम सम्पन्न
 

नेपालमै अध्ययन गर्ने विद्यार्थीहरूले पाठ्यक्रमबाट लिएको ज्ञानलाई व्यवहारिकरुपमा लागू गर्नका लागि यस्ता कार्यक्रम गरिएको कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव वस्ती बताउँछन् । उनले भने, ‘नेपालमै अध्ययन गर्ने विद्यार्थीहरूले पाठ्यक्रमबाट लिएको ज्ञानलाई व्यवहारिकरुपमा लागू गर्नका लागि यस्ता कार्यक्रम गरिने गरिएको छ । विद्यार्थीहरू यस आईएसएमटी कलेजमा भर्ना हुँदा जुन उद्देश्य लिएर आएका हुन्छन्, त्यसलाई हामीले यी विभिन्न कार्यक्रमहरू गरेर पुरा गरिरहेका छौँ । हामीले बजारमा रिसर्च गरेर सुविधाहरू दिइरहेका हुन्छौँ ।’    

एक्स्पोमा एक दर्जन बढी स्टल राखिएको थियो । प्रदर्शनीमा विभिन्न कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस