aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

टिकटमा बस व्यवसायीको खुलमखुला ठगी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असोज २०७६
टिकटमा बस व्यवसायीको खुलमखुला ठगी

 

काठमाडौं । दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् ।

दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ ।

चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन् । टिकट काउन्टरवालाले बस रिजर्भमा लिएकाले महँगो पर्न गएको बताउँदै २ सयदेखि ५ सय बढीसम्म लिने गरेको पाइएको छ ।

काठमाडौंदेखि दिक्तेलसम्मको भाडा अन्य काउन्टरमा १२ सय लिने गरेमा ती काउन्टरवालाले १५ सय लिने गरेका छन् । दिक्तेलसम्म सुमोले १८ सयसम्म लिने गरेकोमा उनीहरूले अहिले २५ सयसम्म लिने गरेको पाइएको छ । खोटाङ, भोजपुरलगायतका जिल्लामा १५ देखि १९ गतेसम्मका सबै टिकट सकिएको काउन्टरवालाले बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस