aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ भदौ २०८०
बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण
फाइल फोटो

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निमार्ण गरेको छ । यातायात सेवा सहज गर्न  पुल निर्माण गरिएका हुन् । 

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो । विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुङ्गे पुल, सडक ढलान, कालोपत्रसहित सडक स्तरोन्नति, सडक मर्मत सम्भारलगायत काम भइरहेका सो मन्त्रालयका  प्रवक्ता नवीनकुमार सिहंले जानकरी दिनुभयो । गत आवमा सो मन्त्रालय अन्तर्गतको निकायवाट २६ पुल निर्माण भएका थिए । 

प्रदेशमा  विगत ६ वर्षमा १३ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मन्त्रालयले गत आवमा दुई सय ८१ किमीसहित हालसम्म कूल एक हजार ४३ किमी सडकको नयाँ  ट्र्याक खोल्ने काम गरेको  प्रवक्ता सिहंले बताए । गत आव सम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक एक हजार पाँच सय ८४ किमी मर्मत सम्भार गरिएको छ । गत आव सम्ममा हेरालुमार्फत एक हजार १७ किमी मर्मत सम्भार, नौ सय ३८ किमी सडक ग्राभेल स्तरोन्नति तथा छ सय ८० किमी  सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस