aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० भदौ २०८०
वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश

काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ ७ औँ वर्षमा प्रवेश गरेको छ । यसले तीन हजार भन्दा अधिक दम्पतीलाई आईभीएफ विधि मार्फत् सन्तान दिइसकेको छ । 

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म सात हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ गरिसकेको छ । निसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ । त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको विज्ञहरुको अनुभव छ । 

आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ । आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस