aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० भदौ २०८०
डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा

पोखरा । पोखराको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।  

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।  

पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले जनाएको छ ।     
 

प्रतिक्रिया दिनुहोस