काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सिमकोट गाउँपालिका ५ माथिल्लो बजार बस्ने ५१ वर्षीय ओमकार लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६३ हजार ३ सय ४५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस