काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचाररत रहेका रिजालको बिहिबार बिहान मृत्यु भएको हो ।
रिजाललाई डेंगु संक्रमण भएको थियो । उनलाई निमोनियाको पनि समस्या देखिएको थियो । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् ।
रिजाल नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का उनी सभापति समेत थिए ।
प्रतिक्रिया दिनुहोस