काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगर भर शोक बिदा दिने निर्णय गरेको छ । तर, महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार शिक्षण संस्थाहरूमा भने बिदा दिइएको छैन।
महानगरपालिका अनुसार काठमाडौँ महानगरपालिका र अन्तरगतका कार्यालयहरू भने बन्द रहने छन् । वडा अध्यक्ष रिजालको बिहीबार बिहान ७:३० बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
अस्पतालका अनुसार नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका रिजाललाई भाइरल निमोनियाको सङ्क्रमण देखिएको थियो। उनी नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत हुन्।
यसअघी काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकमा मेयर बालेन शाहसँग प्रतिवादमा उत्रिए पछि रिजाल निकै चर्चामा आएका थिए। रिजालका श्रीमती र दुई छोरा छन्।
प्रतिक्रिया दिनुहोस