aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतले जी २० का पाहुनालाई सुनको थालमा र चाँदीको चम्चाले भोजन गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ भदौ २०८०
भारतले जी २० का पाहुनालाई सुनको थालमा र चाँदीको चम्चाले भोजन गराउने

एजेन्सी। विश्व नेताहरूको वैभवशाली र समृद्ध भोजनको अनुभव गराउनका लागि भारतले उनीहरूलाई सुन र चाँदीका भाँडामा खाना खुवाउने तयारी गरेको छ।

भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सका अनुसार सेप्टेम्बर ९ देखी १० सम्म भारतको नयाँ दिल्लीको प्रगति मैदानमा यो सम्मेलन हुँदै छ। फराकिलो भरत मण्डपमा आयोजना हुने जी २० शिखर सम्मेलनका लागि अन्तर्राष्ट्रिय पाउनालाई स्वागत गर्न नयाँ दिल्ली सजाइएको छ।

उच्च महत्वको शिखर सम्मेलनमा भाग लिने राजनीतिक, सांस्कृतिक र व्यापारिक प्रतिनिधिहरूलाई एक प्रकारको अनुभव प्रदान गर्न अधिकारीहरूले धेरै व्यवस्था गरेका छन्। यसबाट भारतको समृद्ध संस्कृति र सम्पदा देखाउनका लागि राष्ट्र प्रमुखहरू र अन्य विश्व नेताहरूलाई चाँदी र सुनको भाँडाहरूमा सेवा दिइनेछ।

होटेलहरूलाई यस्ता अर्डरहरू आपूर्ति गर्ने जयपुरमा रहेको मेटलवेयर फर्म, आइरिस जयपुरले जटिल रूपमा कुँदिएको मोटिफहरूद्वारा सजिएका वर्तनहरू  लगभग ५० हजार मानव-घण्टामा निर्माण गरेका हुन् । यस्ता भाँडाको सङ्ख्या लगभग १५ हजार रहेका छन् ।

मङ्गलवार यो फर्मले जी २० शिखर सम्मेलनमा उपस्थित अतिथिहरूलाई खाना खुवाउने उद्देश्यले आफ्नो परम्परागत कटलरीको प्रदर्शनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस