aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ भदौ २०८०
नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौं–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । 

उडान तालिकाअनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौं फर्कदा एक सय १७ यात्रु रहेको निगमले उल्लेख गरेको छ । प्रवक्ता पौडेलले काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको बताए ।

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमार्फत अनलाइनबाट टिकट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस