aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा खत्री र संचालकमा श्रेष्ठ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ भदौ २०८०
मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा खत्री र संचालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त भएका छन् । बिहिवार बसेको संस्थाको संचालक समितीको १४५ औं बैठकबाट खत्री (सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रतिनिधि) सर्वसम्मत अध्यक्षमा मनोनित भएका हुन् ।   

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसंगै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न पाउदैनन् । 

सोही कारण प्राइम कमर्सियल बैंक लिमिटेडले नेपाल भुषण श्रेष्ठलाई प्रतिनिधिको रुपमा बैठकमा पठाएको संस्थाले जनाएको छ । संचालक श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका सहायक महाप्रबन्धक हुन् । 
 

प्रतिक्रिया दिनुहोस