aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ भदौ २०८०
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ रहेको छ ।                     

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                   
 

प्रतिक्रिया दिनुहोस