aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नक्कली नोटको कारोबार गर्ने गौरव थापा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ भदौ २०८०
नक्कली नोटको कारोबार गर्ने गौरव थापा पक्राउ

काठमाडौं । नक्कली नोटको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा, गोरखा नगरपालिका ४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस