
एजेन्सी । शुक्रबार मोरोक्कोमा गएको भूकम्पमा परि संख्या दुई हजारको मृत्यु भएको छ। १ हजार ४०० जना गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेको छ।
मुरकेसको हाई एट्लास माउन्टेन्सलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि उद्धारकार्य जारी छ। मोरोक्कोका राजा मोहम्मद छैटौंले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
उनले राहत र पुनस्थापनाको व्यवस्था गर्न निर्देशन पनि दिएका छन्। संयुक्त राष्ट्रसंघ, फ्रान्स, स्पेन लगायतका देशहरुले मोरोक्कोलाई राहत र उद्धारका सहयोगको घोषणा गरिसकेका छन्।
भूकम्पपछि हजारौं मानिस खुला ठाउँमा बसिरहेका छन्। मोरोक्कोको गृह मन्त्रालयका अनुसार अल हजाउ प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। त्यसपछि टरडाउनट प्रान्तमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ।
प्रतिक्रिया दिनुहोस