aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आजको मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ।

 हाल  देशभर  आंशिकदेखि सामान्य  बदली  रही  कोशी,  मधेश,  बागमती,  लुम्बिनी  र  कर्णाली  प्रदेशका  थोरै  स्थानहरूमा  हल्का देखि  मध्यम  वर्षा  भइरहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 आइतबार दिउँसो  देशभर  आंशिकदेखि  सामान्य  बदली  रहनेछ। कोशी, बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।सुदूरपश्चिम प्रदेशको  एक(दुई(स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।   

राती  देशभर  आंशिक  देखि  सामान्य  बदली    रहनेछ। कोशि, मधेश,    लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जनरचट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।साथै कोशी र  सुदूर(पश्चिम  प्रदेशको  एक(दुई(स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

प्रतिक्रिया दिनुहोस