aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

राष्ट्रिय सुरक्षाकाे लागि ‘सीमानामा पर्खाल लगाऔं’ अभियान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असोज २०७६
राष्ट्रिय सुरक्षाकाे लागि ‘सीमानामा पर्खाल लगाऔं’ अभियान

नवलपरासी । सुस्ताका नागरिक समूहले एक विशेष कार्यक्रमको आयोजना गरी ‘सीमानामा पर्खाल लगाऔं’ अभियानको सुरूवात गरेको छ ।

सीमाना मिच्न नदिई माटोको रक्षा गर्न, खुला सीमानाको फाइदा उठाउदै हुने विभिन्न अपराधिक क्रियाकलापहरु रोक्न, चन्दा, अपहरण लगाएतका आतंकवादी गतिविधिहरूको अन्त्य गर्न, सीमानामा हुने मित्रराष्ट्र भारत र चीन विरोधी क्रियाकलापहरू रोक्न, खुल्ला सीमानाको कारणले हुने नक्कली नोटको तस्करी, पशुपंक्षी, जडी–बुटीहरूको तस्करी, मानव बेचबिखन लगाएतका तस्करीहरू रोक्नका साथै समग्रमा राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सीमानामा पर्खाल लगाउनुपर्ने अभियानका अध्यक्ष निगम हुमागाँईले बताए ।

सीमानामा पर्खाल अत्यन्तै आवश्यक रहेको भन्द सीमाबासीले अभियानको स्वागत गरेका छन् । ‘देशको सीमानाको रक्षाका लागि ज्यान दिन तयार छौं, सीमाड्कन गरी पर्खाल लगाउन आवश्यक छ ।

हामीले महिला बाल–बालिका, बृद्ध–बद्धा सबै धर्म, जाजजाति, समुदाय, राजनैतिक पार्टीहरूलाई यस अभियानमा एकबद्ध भई साथ दिन्छौं ।’ सुस्ता बचाउ अभियानकी महिला नेतृ लैना बेगमले भनिन् ।

नागरिक समूहका अध्यक्ष निगम हुमागाँईको नेतृत्वमा सचिव कृष्ण पौडेल, अभियन्ताहरू अर्जुन भूषाल, लक्ष्मण बजगाँई, प्रविन अर्याल लगायत सुस्ता पुगेको टोलीलाई सुस्ता बचाउ अभियानका गोपाल गुरूङ, उपाध्यक्ष आदम खाँ, महिला नेतृ लैला बेगम, रविन्द्र जैसवाल लगायतलाई स्थानीय सुस्ताबासीले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस