aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

लघु घरेलु तथा साना उद्योगहरुले समृद्धि ल्याउछः परराष्ट्र मन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
लघु घरेलु तथा साना उद्योगहरुले समृद्धि ल्याउछः परराष्ट्र मन्त्री
फाइल फोटो

काठमाडौं । परराष्ट्र मन्त्री एनपि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला उद्यमी समिति, ग्लोवल इण्डिया मिशन र  इण्डियन युथ च्याम्वर अफ कमर्श एण्ड इण्डस्ट्रिले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको “नेपाल भारत अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०” को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले भने, “परिवारमा सुख समृृद्धि र खुशी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डोर्याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।” उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता उनले औंल्याए । 

“नेपाल र भारतबीच अत्यन्त निकटसम्वन्ध रहेको छ हामी एउटै नदीको पानी पिएर हुर्किन्छौ । हाम्रो सभ्यता र सस्कृति एउटै रहेको छ । दुवै देश बीचको व्यवशायिक सम्वन्धलाई सुदृढ गर्न मेरो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु”, उनले भने ।     

प्रतिक्रिया दिनुहोस