काठमाडौं । नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिश कलेजले ज्ञान साझेदारकारुपमा सहकार्य गर्ने भएको छ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)ले संयुक्तरुपमा आयोजना गर्ने सम्मेलनमा कलेजले ज्ञान साझेदारकारुपमा सहकार्य गर्ने भएको हो ।
सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र ब्रिटिश कलेजकातर्फबाट कार्यकारी निर्देशक महेन्द्र राज कँडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालमा बसेर स्टार्टअप गरिरहेका उद्यमी, इनोभेसनमा सक्रिय हुने युवाहरुको यो सम्मेलन उपयोगी हुने देखेर सम्मेलनमा सहकार्य गरेको ब्रिटिश कलेजका कार्यकारी निर्देशक महेन्द्र कँडेलले बताए ।
एनका अनुसार ब्रिटिश कलेजले स्टार्टअप उद्यम, डिजिटल रुपान्त्रण र गुणस्तरीय शिक्षालाई उद्यमशिलता र सीपसंग जोडेर सैद्ध्रान्तिक मात्र नभएर ब्यवहारिक कार्यक्रममा जोड दिएको बताए । त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआईका अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशिलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशिलताको भिजन डकुमेन्ट २०३० का निमार्ण एवं कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलब्धीमुलक हुने बताए ।
७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुनेछन् । प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तनः लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ । यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस