
काठमाडौं । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीका आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले नेपाली बजारमा नयाँ विद्युतिय सवारी साधन भित्र्याएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।
‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृखला)को पहिलो गाडी हो । ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सुरुवाती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।
डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्रि दिइएको छ । यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटर रेन्ज दिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस